भुमि समस्या समाधान आयाेग हुम्लाका सदस्यहरुकाे पदभार तथा सपथ ग्रहण सम्पन्न

oplus_0

भुमि समस्या समाधान आयाेग हुम्लाले सदस्यहरुकाे पदभार तथा सपथ ग्रहण गरिएकाे छ। दुई साता भन्दा बढि समयमा सदस्य बनेकाे भएपनि पदभार तथा सपथ नलिएकाे हुदा साेमवार जिल्लामा सबै सदस्य आएपछि जिल्ला समन्वय समितिकाे प्राङ्गणमा पदभार तथा सपथ लिएकाे भुमि समस्या समाधान आयाेग हुम्लाका अध्यक्ष नर बहादुर राेकायाले बताए । आयाेगका तीन जना सदस्य लाई सपथ तथा पदभार गरिएकाे छ । सपथ आयाेगका अध्यक्ष नर बहादुर राेकायाले खुवाएका थिए । जसमा बिग्य सदस्य चन्द प्रसाद ढकाल , महिला सदस्य पानकलि लामा र सदस्य प्रवत सुनारले  सपथ खाएका थिए ।

सपथ खाए पछि बिग्य सदस्य ढकालले स्वागत मन्तब्य राखेका थिए । आज भएकाे कार्यक्रममा बाेल्ने बक्ताले भुमि आयाेगकाे काम केहाे , कसरी अरु जिल्लामा याे आयाेगले काम गरेकाे छ ,त्यसरी नै काम गर्न सुझाव दिएका छन् । त्यस्तै समन्वय समितिका उपप्रमुख तथा कार्यक्रमका प्रमुख अथिति दलु फडेराले भने आयाेग गठन भएकाे धेरै देखियाे सेवा सुबिधामा मात्र सिमित भएकाे देख्दा आयाेगकाे अर्थनै नभएकाे बताए । त्यस्तै काम नगरेर सेवा सुबिधा खाने सबै नितिगत भ्रष्टाचार भनेर भन्दा केही फरक पर्दैन बताए । आयाेगमा सेवा हेदा सचिव ,तथा उपसचिवकाे खाएर काम दुई पैसाकाे नगर्नेलाई छुट नमिल्ने जनाए ।

कार्यक्रममा आयाेगका अध्यक्ष राेकायाले भने यस भन्दा अगाडि पनि भुमि आयाेग गठन भएकाे हाे तर काम भने शुन्य भएकाे देख्दा आफु पनि चिन्ताजनक भएकाे  बताए ।त्यस्तै भुमि आयाेग भनेकाे जग्गा बिहिन, हलिया,भुमि बिहिनकाे लागि लड्ने सस्था हाे यसमा काम गर्न जरुरी भएकाे जनाए । उनले फेरि भने भुमि आयाेगमा समिति भएकाे धेरै समय नभएकाे भए पनि अब स्थानीय सरकार देखि वडाले साथ दिए प्रतिफल निकाल्ने उनले जिगिर गरे । पहिलाका समितिकाे नतिजा देखियाे कार्यलयमा काम शुन्य छ , अब नयाँ समितिले शुन्य बाट काम गर्ने र केही नतिजा देखाउने अध्यक्ष राेकायाकाे भनाइ छ ।

उनले फेरि भने अब कार्यलयमा आएकाे सेवामात्र खाने कार्यलयमा उपस्थित नहुने लाई पनि छुट नदिने जनाए । कार्यक्रममा आयाेगका समितिलाई टीका ,टसिखादा लगाएर स्वागत पनि गरिएकाे थियाे ।

बिहान ११ बजे बाट भएकाे कार्यक्रममा राजनीति दलका प्रमुख , सायक प्रमुख जिल्ला अधिकारी , नाम्खा र सिमकाेट गाउँपालिका अध्यक्ष , विभिन्न सरकारी कार्यलयका प्रमुख, स्थानीय र पत्रकारहरुकाे सहभागी रहेकाे थियाे ।