जिल्ला प्रहरी कार्यालय हुम्लाद्वारा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न

जिल्ला प्रहरी कार्यालय हुम्लाले त्रैमासिक रूपमा सञ्चालन गर्दै आएको नागरिक सुनुवाइ कार्यक्रम बुधबार सम्पन्न गरेको छ । जिल्ला समन्वय समिति हुम्लाको सभाहलमा आयोजित कार्यक्रममा बैशाख जेठ असार महिनामा जिल्ला प्रहरी कार्यालय हुम्लाले गरेका कामकार्य, जिल्लामा भएका अपराध प्रहरीबाट प्रवाह हुने सेवा, शान्ति सुरक्षा, तथा यस कार्यालयले गरेका बाल बिबाह, महिला हिंसा साइवर अपराध सम्बन्धि कार्यक्रमको महिनामा जिल्ला प्रहरी कार्यालय हुम्लका प्रमुख प्रहरी नायव उपरिक्षक शंखर खड्काले प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा सहभागी नागरिकहरूले स्थानीय स्तरमा देखिएका सुरक्षा चुनौती तथा प्रहरी सेवासँग सम्बन्धित जिज्ञासा, गुनासा र सुझाव राखेका थिए । नागरिकबाट उठाइएका विषयमा जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नायव उपरिक्षक खड्काले आवश्यक जवाफ तथा जानकारी दिनुभएको थियो ।
नागरिक र प्रहरीबीचको सम्बन्ध थप सुदृढ बनाउँदै प्रहरी सेवालाई पारदर्शी, जवाफदेही र नागरिकमैत्री बनाउने उद्देश्यले नागरिक सुनुवाइ कार्यक्रम सञ्चालन गरिएको समेत नायव उपरिक्षक खड्काले बताउनु भएको छ । कार्यक्रममा जिल्लास्थित सरोकारवाला निकायका प्रतिनिधि, बिभिन्न राजनितिक दलका नेता,पत्रकार,सुरक्षाकर्मी तथा स्थानीय नागरिक समाजहरूको सहभागिता रहेको थियो ।