हुम्लामा आयुर्वेद संस्थाहरूको आ.व.२०८२।०८३ को वार्षिक समीक्षा गोष्ठी सम्पन्न

आयुर्वेद स्वास्थ्य केन्द्र हुम्लाको आयोजनामा जिल्ला स्थित आयुर्वेद संस्थाहरूको आ.व.२०८२।०८३को वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ । आयुर्वेद स्वास्थ्य केन्द्र हुम्लाले मंगलबार एक कार्यक्रमका बिच होटल मानसरोवरको सभाहल, सिमकोटमा उक्त गोष्ठी सम्पन्न गरेको थियो । कार्यक्रम आयुर्वेद स्वास्थ्य केन्द्र हुम्ललकी प्रमुख डा. चाहाना शर्माको अध्यक्षता,जिल्ला समन्वय समितिका प्रमुुख शिवराज शर्माको प्रमुख आथित्य तथा जिल्ला समन्वय समितिका उपप्रमुख दलु फडेराको बिशेष आथित्यमा संचालन गरिएको थियो ।
यसै गरि सिमकोट गाउँ पालिका अध्यक्ष बिजय भण्डारी,प्रमुख जिल्ला अधिकारी भोलानाथ बुरागाई,उद्योग बाणिज्य संघ हुम्लाका अध्यक्ष राम बहादुर भण्डारी,नेपाल रेडक्रस सोसाईटी हुम्लाका सभापति गणेश महत,बिभिन्न कार्यालयका प्रमुख लगाएत संचारकर्मिको उपस्थिति रहेको थियो ।
गोष्ठीमा जिल्ला स्थित आयुर्वेद संस्थाहरूले गरेका आ.व.२०८२।०८३को वार्षिक गतिविधि, सेवा प्रवाह तथा प्रगतिको विवरण कार्यक्रमको अध्यक्ष तथा आयुर्वेद स्वास्थ्य केन्द्र हुम्ला कार्यालयकि प्रमुख डा. शर्माले प्रस्तुत गरेकि थिईन । प्रमुख अतिथि,अतिथि लगाएतले जिल्लाकै पहिको आ.व.२०८२।०८३को वार्षिक समीक्षा गोष्ठी गर्न सफल भएकोमा आयुर्वेद स्वास्थ्य केन्द्र हुम्लालाई शुभकामना समेत दिएका थिए ।