सिमकोट गाउँपालिकामा स्वास्थ्य शाखाको मासिक प्रगति समीक्षा गोष्ठी सम्पन्

सिमकोट  गाउँपालिकाको स्वास्थ्य शाखा द्वारा आर्थिक वर्ष २०८३/०८४ को पहिलो कार्यक्रमका रूपमा मासिक प्रगति समीक्षा गोष्ठी सम्पन्न गरेको छ।
गोष्ठीमार्फत चालु आर्थिक वर्षभरि सञ्चालन गरिने स्वास्थ्य सम्बन्धी कार्यक्रम तथा कार्ययोजनाको प्रभावकारी कार्यान्वयनका विषयमा विस्तृत छलफल गरिएको सिमकोट गाउँ पालिका स्वास्थ्य शाखा प्रमुख नर भण्डारी ले जानकारी दिएका छन् । छलफलपछि स्वास्थ्य सेवा प्रवाहलाई थप गुणस्तरीय, प्रभावकारी र नागरिकमैत्री बनाउने उद्देश्यसहित विभिन्न निर्णयहरू समेत पारित गरिएको स्वास्थ्य शाखा प्रमुख भण्डारीले बताएका छन् ।
कार्यक्रममा सहभागी स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूले चालु आर्थिक वर्षमा सिमकोट गाउँपालिकाको स्वास्थ्य अवस्थालाई थप सुधार गर्दै गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न सामूहिक प्रतिबद्धता व्यक्त गरेको समेत भण्डारीको भनाई छ ।