प्रेस चौतारी नेपालको अध्यक्षमा पाण्डे चयन, महासचिवमा लामा दोहोरीए

विराटनगर । प्रेस चौतारी नेपालको अध्यक्ष गणेश पाण्डे चयन भएका छन् । विराटनगरमा जारी १० औं महाधिवेशनबाट पाण्डे चयन भएका हुन्।

अध्यक्षकाे दाबेदार राजेश राईले महाधिवेशनमा निर्वाचन माग गरेका थिए । तर नेतृत्वले निर्वाचन हुन नदिएपछि पाण्डे सर्वसम्मत भएका हुन् । यस्तै उपाध्यक्ष चेतन अधिकारी र कृपा भण्डारी चयन हुदा महासचिवमा हिरामान लामा नै दोहोरिए । भने केन्द्रीय समिति पनि सर्वसम्मत घोषणा गरिएको छ ।