सुर्खेत। सुर्खेतको बिच बजारमा रहेको एक घरभित्र आगलागी भएको छ। माया नर्सिङ होम नजिकै रहेको लालीकाँडा होटलमा आगो लागेको हो। आगलागीबाट राजन साईकल स्टोर, जेईई फेन्सि कलेक्सन, न्यु सनम घडी पसलमा क्षति पुगेको छ।
आगो लागेको केही समयमै वीरेन्द्रनगरको दमकल आएकाले नियन्त्रणमा आईसकेको छ। घरमा रहेको ग्यास लिग हुदा आगलागी भएको भन्ने बुझिएपनि के कति कारणले लागेको भन्ने खुलेको छैन। आगलागीबाट धनजनको क्षति भएपनि मानविय क्षेति भने नभएको पाईएको छ। आगलागिबाट के कति क्षति भएको छ त्यसको जानकारी भने आउन वाकी रहेको छ।