मेलम्चीको पाईपलाईन थापाथली चोकमा फुटयो

काठमाडौ । मेलम्चीको पाइपलाईन पुन फुटेको छ । थापाथली चोक नजिक बिहानै पाइप फुटेपछि उक्त क्षेत्रमा सडक अवरुद्ध भएको छ ।

थापाथली चोकबाट नर्भीक इन्टरनेशनल अस्पताल आउने सडकमा पाइपको लाइन फुटेको हो । के कारणले पाइप लाइन फुटेको हो भन्ने पत्ता लागिसकेको छैन ।

यसअघि पनि बबरमहल क्षेत्रमा खानेपानीको पाईपलाईन फुटेको हो। मुख्य पाईपलाईन फुट्दा त्यस क्षेत्रका सरकारी कार्यालयहरू डुबानमा परेका थिए ।

बबर महलमा विद्युत प्राधिकरणको काम गर्ने बेला पाइप फुटेको थियो ।