
हुम्ला जिल्ला प्रहरी कार्यालय हुम्लामा नवनिर्मित कार्यालय प्रमुखको कार्यकक्षको २०८३ साल कात्तिक २२ गते बिहान ८:५० बजे उद्घाटन गरिएको छ।
प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईँले रिबन काटेर कार्यकक्षको औपचारिक उद्घाटन गर्नुभएको हो।
उद्घाटन कार्यक्रममा जिल्लास्थित तीनवटै सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जिल्लाका पत्रकारलगायत करिब ५० जनाको उपस्थिति रहेको थियो।
कार्यक्रमले जिल्ला प्रहरी कार्यालयको संस्थागत व्यवस्थापन तथा सेवा प्रवाहलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।