हुम्ला- चंखेली गाउँपालिका- ६ की १८ वर्षकी किशोरीकाे हेलिकप्टरबाट उद्वार गरिएको छ।
जिल्ला अस्पताल हुम्लामा उपचार हुन नसकेकी १८ वर्षकी धनशिला बुढाकाे नेपाली सेनाकाे हेलिकप्टरबाट उद्वार गरिएकाे हाे। ३२ हप्ता भित्रै सुत्केरी बेथा लागेर हुम्ला जिल्ला अस्पताल हुम्लामा उपचार गर्न चंखेली गाउँपालिकाबाट ल्याईएकाे थियाे यता उपचार हुन नसकेपछि जिल्ला बाहिर रेफर गरेकाे जिल्ला स्वास्थ्य कार्यालय हुम्लाका निमित्त कार्यालय प्रमुख प्रतिक्षा भारतीले जानकारी दिइन। सुुत्केरीकाे शरिरमा पुरै बिबिरा, खाल्काे पनि थियाे शरिरमा रगतकाे मात्रै कम भएकाेले र यता बाट औषधी हुन नसकेपछि प्रादेेशिक अस्पताल सुर्खेत रेफर गरेकाे कार्यालय प्रमुख भारतीकाे भनाई छ। राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट रेफर गरेकाे छ।