सुर्खेत। हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित तिल गाउँमा कर्णाली प्रदेश सरकारले राहत सामग्री पठाएको छ। जेठ १ गते राति ११ बजे गएको हिमपहिरोपछि जोखिममा परेका स्थानीयहरूलाई उक्त राहत पठाएको हो।
हिमपहिरो गएको ७ दिन पछि मुख्यमन्त्रीको निर्देशनमा प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राहत सामग्री पठाएको हो। आज बिहान ११ बजे प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतबाट प्रभावित क्षेत्रमा पठाइएको मन्त्रालयका प्रवक्ता तथा उपसचिव उत्तम गौतमले विज्ञप्तिमा उल्लेख गरेका छन्।
जिल्ला प्रशासन कार्यालय, हुम्लाको माग अनुसार ५ सेट त्रिपाल, २० क्विन्टल खाद्यान्न, १८ सेट सोलावर र म्याट्रेस लगायतका सामाग्री पठाएको विज्ञप्तिमा उल्लेख छ।