हुम्लाको सिमकोटमा महेन्द्र सर्भिस तथा सोनाम ग्यारेजको उद्घाटन, ३५ वर्षे अनुभवसहित सेवा विस्तार

हुम्लाको सिमकोट गाउँपालिका–६ मा महेन्द्र सर्भिस तथा सोनाम ग्यारेजको सम्उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । हिमाली जिल्ला हुम्लामा सवारीसाधन मर्मत तथा सर्भिसिङ सेवालाई सहज, भरपर्दो र व्यवस्थित बनाउने उद्देश्यले सञ्चालनमा ल्याइएको उक्त ग्यारेजको उद्घाटनसँगै स्थानीयवासीले आफ्नै जिल्लामा सवारीसाधन मर्मतसम्बन्धी सेवा प्राप्त गर्ने अवसर पाउने भएको छ ।

कार्यक्रमको अध्यक्षता ग्यारेजका सञ्चालक सोनाम लामाले गर्नुभएको थियो भने कार्यक्रममा सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी प्रमुख अतिथिका रूपमा उपस्थित हुनु भएको थियो । त्यसैगरी नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेम लामा र सिमकोट गाउँपालिकाका उपाध्यक्ष सुशीला रोकाया भामको विशेष अतिथिका रूपमा सहभागी रहेको थियो । कार्यक्रममा महेन्द्र सर्भिसका हेड शरद लामाले स्वागत मन्तव्य राख्नुभएको थियो । प्रमुख अतिथि भण्डारी तथा नेपाल पत्रकार महासंघका अध्यक्ष राजन रावतले शुभकामना मन्तव्य राख्दै हुम्लाजस्तो दुर्गम हिमाली जिल्लामा सवारीसाधन मर्मत तथा सर्भिसिङ सम्बन्धी सेवा विस्तार हुनु सकारात्मक कदम भएको बताउनु भयो ।
यस्ता सेवामूलक व्यवसायले स्थानीयस्तरमा सुविधा विस्तार गर्नुका साथै रोजगारी र आर्थिक गतिविधिमा समेत सहयोग पुग्ने अपेक्षा व्यक्त गरिएको थियो । कार्यक्रममा सिमकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बर बुढा, गाउँपालिकाका प्रवक्ता एवं सिमकोट–६ का वडा अध्यक्ष नन्द रावत, पूर्व उद्योग वाणिज्य संघका अध्यक्ष नाम्ग्याल लामा, महेन्द्र सर्भिस बालाजु अटो वक्र्सका सर्भिस म्यानेजर विजेश ग्वायामरु लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन हेड नेपालका लेखा प्रमुख छोमु लामाले गर्नुभएको थियो । यसैबीच, महेन्द्र सर्भिसका हेड शरद लामाका अनुसार महेन्द्र सर्भिसले आफ्नो सेवा सञ्चालन गरेको ३५ वर्ष पूरा गरेको र हाल देशभर ५४ वटा शाखामार्फत सेवा प्रदान गर्दै आएको महेन्द्र सर्भिसले तीन हजार मिटरभन्दा बढी उचाइमा रहेको हिमाली जिल्लामा समेत आफ्नो सेवा विस्तार गर्न सफल भएको उहाँले बताउनुभयो ।
हुम्लाजस्तो भौगोलिक रूपमा विकट तथा यातायातका दृष्टिले चुनौतीपूर्ण जिल्लामा सवारीसाधन मर्मत तथा सर्भिसिङ सेवा सञ्चालन हुनु स्थानीय सवारीधनी, यातायात व्यवसायी तथा सर्वसाधारणका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ । यसले सवारीसाधनमा देखिने सामान्य तथा प्राविधिक समस्याको समाधानका लागि बाहिरी जिल्ला धाउनुपर्ने बाध्यता कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । नयाँ सेवाको सुरुवातसँगै महेन्द्र सर्भिस तथा सोनाम ग्यारेजले हुम्लाको सेवा क्षेत्रमा थप योगदान पु¥याउने विश्वास गरिएको छ ।
यस अवसरमा महेन्द्र सर्भिस तथा सोनाम ग्यारेजको सफल सञ्चालन, प्रगति र उज्ज्वल भविष्यको कामना गर्दै सञ्चालकसहित सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा मंगलमय शुभकामना व्यक्त गरिएको छ ।