हुम्लाको सिमकोटमा सञ्चालनमा रहेका मासु पसल अनुगमन गरिएकाे छ । अनुगमनमा पाँच वटा मासु पसल गरिएको हाे । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय हुम्लाद्धारा शुक्रबार सदरमुकाममा रहेका पाँच मासु पसलको अनुगमन गरिएको छ । कार्यालय प्रमुख श्री बहादुर विष्टको नेतृत्वमा एर्पोट चोकमा रहेको दुई कालिन्चोकमा एक र काठेचुलीमा रहेका दुई वटा गरी पाँच वटा मासु पसलको अनुगमन गरिएको छ । अनुगमनका क्रममा सबै जसो मासु पसलमा खासै कम्जोरी नदिएको भएपनि अकिांस पसलमा भने साइनबोर्ट पुरानो, नविकरण नगरेको लगायतका भेटिएको कार्यालयका प्रमुख विष्टले बताए । सिमकोटमा बोइल कुखुरा मासुको प्रति केजी रु सात सय रुपैंयामा विक्री हुँदै आएको छ । केही कागजात नपुगेका मासु पसललाई एकपटक सुध्रिने मौका दिएको छ । मासुको मूल्य सूचि टाँस नगरेका पसललाई चाडो मूल्य सूचि टाँस गर्न जानकारी दिइएको विष्टले बताए । अनुगमनमा सम्बन्धित मासु पसल सञ्चालकलाई ढक, तराजु नापतौल विभागमा नवीकरण गर्न, एप्रोन सफा हुनुका साथै मास्कको प्रयोग गर्न, मासु जालीले छोपेर राख्न र मासु काट्न प्रयोग गरिने औजार, भाँडावर्तन सफा राख्न र म्याद नाघेको मिति स्पष्ट देखिने गरी राख्न निर्देशन दिएको हो । साथै पैदल मार्ग भएर आउने मासुलाई थप व्यवस्थीत गरेर विक्री गर्न निर्देशन दिइएको छ ।
सदरमुकाम सिमकोटमा रहेका सनम किराना एण्ड मासु पसल, सुनिल फ्रेस हाउस, शान्ति जनरल स्टोर, छात्तिकोट जनरल स्टोर, रिदम फ्रेस हाउस यि पाँच वटामा अनुगमन गरिएको हो । शुक्रबार भएको अनुगमनमा उद्योग बाणिज्य संघ हुम्लाका उपाध्यक्ष छक्क रोकाया, जिल्ला प्रकाशसन कार्यालयका ज्ञानी सुनार, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतको सहभागीता रहेको थियो ।