पुर्व मुख्यमन्त्री शाही हुम्ला आउदै

  • कर्णाली प्रदेशका पुर्व मुख्यमन्त्री जीवन बहादुर शाही हुम्ला जिल्लामा आउने भएका छन् । एक वर्षपछि कर्णाली प्रदेश सभाको ख नम्बर क्षेत्रका सासद समेत रहेका शाही जिल्लामा आउन लागेका हुन । लामो समय पछि जिल्लावासीसंग भेटघाट र जिल्लाको बिकास निर्माणका बारेमा जानकारी लिन हुम्ला आउन लागेको उनले बताए । काँग्रेस कार्य सम्पादन समितिका सदस्य शाही काठमाडौंबाट मंसीर २४ गते सुर्खेत आउने र सुर्खेतबाट २६ गते हुम्ला आउने कार्यक्रम रहेको छ । उनको सुर्खेत दुई दिन बस्ने कार्यक्रम रहेको छ । हुम्ला आएपछि सिमकोट गाउँपालिका– ८ को स्याँडा गाउँको सैपाल हिमाल माविको नयाँ निर्माण भएको भवनको उद्घाटन गर्ने कार्यक्रम समेत रहेको छ । केही दिनको जिल्ला बसाई पछि शाही सुर्खेत फर्कने कार्यक्रम समेत रहेको छ । वाईडबडी जहाजको खरिद प्रकरणमा अख्तियारले दोषीको आरोप लगाउदै बिशेष अदालतमा मुद्धा दर्ता गरेपछि शाही हुम्ला आएका छैनन् भने सुर्खेत समेत फर्केका थिएनन । गत बिहीबार बिशेष अदालतले पुर्वमुख्य मन्त्री शाहीलाई सफाई दिएको थियो ।