अख्तियारबाट तत्कालिन पर्यटन मन्त्री शाहीज्यूलाई लगाएको मुद्धा प्रतिशोध मात्र

हुम्ला – अख्तियारबाट तत्कालिन पर्यटन मन्त्री माननीय जीवनबहादुर शाहीज्यूलाई लगाएको मुद्धा प्रतिशोध र हचुवा अनि, कसैको आग्रह र पूर्वाग्रहमा थियो भन्ने कुरा आज  सम्मानित न्यायालय “विशेष अदालत”ले व्याख्यासहित पुष्टि गरी दिएको छ।न्यायालय कुनै मिथक र कसैको आग्रह तथा दबाब अनि लहैलहैमा भन्दा पनि प्रमाण र तथ्यको आधारमा आफ्नो निश्कर्ष र निर्णय गर्छ भन्नेमा जनतामा थप भरोसा र विश्वास बढेको छ ।त्यस्तै, न्यायमूर्तिहरु हिउँजस्तै स्वच्छ निष्कलङ्क हुन्छन् र न्यायालयको गरिमा सगरमाथाभन्दा उच्च स्थानमा हुन्छ भन्ने पनि थप प्रमाणित भएको छ।

-विशेष अदालतले अख्तियारको बदनियतपूर्ण आरोपलाई खारेज गरी तत्कालीन माननीय मन्त्री जीवनबहादुर शाहीज्यूलाई निर्दोष साबित गर्नुको पछाडि निम्न आधारहरु रहेका छन् ।
(१). वायु सेवा निगम ऐन २०१९ ले वायु सेवा निगमलाई एक स्वशासित र स्वायत्त निकायका रुपमा अधिकार प्रदत्त गरेको छ । निगमले गर्ने निर्णयमा मन्त्रालय र मन्त्रीको कुनै प्रत्यक्ष भूमिका नरहने, निगमको सञ्चालक समितिमा विभागिय मन्त्री कुनै संरक्षक वा कार्यकारी पदाधिकारी नरहने, निगमको निर्णय प्रक्रियामा मन्त्रीको कुनै हस्तक्षेपकारी भूमिका नरहने निगम मन्त्रालयप्रति नभई नेपाल सरकार मन्त्रिपरिषदप्रति उत्तरदायी हुनु पर्नेजस्ता कानूनी व्यवस्था  रहेको र मन्त्रालयको भूमिका निगमको नीतिगत सहजिकरणका लागि समन्वयमात्र गर्ने भूमिका हुने स्पष्ट व्यवस्था रहेको तथ्यविपरीत नियन्त्रण गर्न नसकेको जस्ता कपोकल्पित लाञ्छना लगाएर तथ्य र कानूनलाई अनदेखा गरेको थियो।
(२).  अख्तियारबाट नेपाल सरकारको राष्ट्रिय गौरवको योजना दुई थान वाइडवडी जहाज खरिदमा तत्कालीन मन्त्रीका रुपमा जीवनबहादुर शाहीज्यूबाट प्रतिबद्धता शुल्क भुक्तानी गर्ने निर्णय भएको हुँदा निगमलाई हानि नोक्सानी भएको भन्ने अर्को हावादारी कपोकल्पित आरोप लगाएर संलग्न प्रमाणहरुप्रति अनदेखा गरेको थियो ।
(३) . अख्तियारले नै मुद्धा लगाउँदा आरोप पत्रसंग तत्कालीन पर्यटन सचिव र हालका अख्तियार प्रमुख प्रेमकुमार राईको २०७३ भाद्र ०६ गतेको निर्णय र पर्यटन मन्त्रालयको २०७३ भाद्र ०७ को पत्रबमोजिम अर्थमन्त्रालयबाट २०७३ भाद्र २९ गते जहाज खरिदका लागि नेपाल सरकार ऋण जमानतमा बस्न स्वीकृत दिएको पत्र र २०७३ माघ १९ गतेको सचिवस्तरिय निर्णयबाट राष्ट्र बै‌कलाई सटही सुविधा सिफारिस दिएको पत्रका आधारमा राष्ट्र बैंकले निगमको खाता रहेको हिमालय बैंकलाई स्वीकृति दिएको पत्रलाई संलग्न गरेर दर्ता गरेको थियो ।यसबाट अख्तियारलाई तत्कालीन मन्त्रीको सिफारिसबाट सटही स्वीकृत नभएर अन्यमाध्यमबाट भएको सिफारिसबाट भएको थियो भन्ने पूर्ण जानकारी नभएको होइन् तरपनि, सबै तथ्यलाई अनदेखा गरेर हचुवा र पूर्वाग्रह अनि, कसैको उक्साहटमा आरोप दर्ता गरेको थियो ।
(४) . प्रतिबद्धता शुल्क दिने निर्णय माननीय मन्त्रीस्तरीय निर्णयबाट नभई प्रचलित कानूनको परिधीभित्र रहेर वायु सेवा निगम सञ्चालक समितिको निर्णयबाट भएको थियो तरपनि, यो तथ्यलाई अख्तियारबाट अनदेखा गरिएको थियो !
(५ ). अख्तियारले आरोप पत्रमा माननीय मन्त्रीको सिफारिसलाई संलग्न गर्न नसक्नु,सुनुवाइको क्रममा अख्तियार र सरकारी वकिलवाट मन्त्रीज्यूप्रति लागेको आरोपसम्बन्धमा तथ्यगत् वहश गर्नु नसक्नु र लगाईएको आरोप पुष्टि गर्ने प्रमाण एवम् दलिलहरु पेश गर्न नसक्नुको पछाडि वहाँबाट भएको कुनै पनि निर्णयबाट प्रतिबद्धता शुल्क र विदेशी मुद्रा सटही स्वीकृति भएको थिएन।
सम्मानित न्यायालय र न्यायमूर्तिहरुबाट अख्तियारको अभियोजनबमोजिम तत्कालिन माननीय मन्त्री जीवनबहादुर शाहीज्यूको जहाज खरिद प्रक्रियामा कुनै किसिमको वदनियत, अप्राकृतिक संलग्नता, अनदेखा, कमजोरी, मिलोमतो भएको भन्ने कुनै पत्यारिलो आधार नदेखेपश्चात् अभियोजनकर्ताबाट पूर्वाग्रह राखेको, तथ्य र प्रमाणको अनदेखा गरि दुरासय राखेको, कसैको आग्रह र दबाबमा अभियोजन दर्ता गरेको तथ्यमा निश्कर्ष निकालेर उक्त कपोकल्पित झुटा आरोपलाई पूर्ण खारेज भएको छ। पूनः सम्मानित अदालत प्रति हार्दिक धन्यवाद ।
अख्तियारबाट आदरणीय नेताज्यूलाई लगाईएको आरोपपत्रमा बदनियत, मिलोमतो,दुराशयजस्ता कपोकल्पित शब्दहरु प्रयोग भएका थिए ।आज सम्मानित विशेष अदालतको निर्णयबाट अख्तियारजस्तो जिम्मेवार संवैधानिक निकाय वा अनुसन्धान अधिकारीले नै तत्कालीन मन्त्री जीवनबहादुर शाहीज्यूप्रति बदनियत् राखेको, अख्तियार नै अदृश्य शक्तिको गुप्त डीजाइन र व्यक्तिगत सौदाबाजी तथा मिलोमतोमा परिचालित भएको, वहाँको बढ्दो लोकप्रियता र सक्रियतामा लगाम लगाउने तथा राजनीतिक र व्यक्तिगत जीवन सकाउने अभीष्ट चालबाजहरुको मतियार एवम् गुच्चा बनेको, सङ्गठित अपराधमा उद्यत रहेको, गहन अध्ययन एवम् अनुसन्धानबिना तथ्यभन्दा मिथकलाई आधार लिएर लगाईएको आधारहीन र दुराशययूक्त थियो भन्ने प्रमाणित भएको छ।अख्तियार र अख्तिरयारमा काम गर्ने व्यक्तिहरु कति ढोंगी र प्रतिशोधवादी हुन्छन् भन्ने पनि छर्लङ्गै भएकोछ!
अख्तियार जस्तो निकाय यसरि कसैको गोटी बन्नु राम्रो सन्देश होइन् ।अख्तियार जस्तो निकायबाट हुने कार्य सामाजिक सञ्जालमा कुनै व्यक्ति, युटुवेबाटलगाइने लाञ्छानाजस्तो हल्का र कच्चा हुनु हाम्रो दुर्भाग्य हो!लाञ्छाना लगायो,कसैको सामाजिक, नैतिक, आर्थिक मान प्रतिष्ठामा चोट पुर्यायो पुग्यो, त्यसको क्षतिपूर्ति खै ? यहि हो अख्तियारको काम ? जबसम्म क्षतिपूर्ति कानून बन्दैन तबसम्म निर्दोष राष्ट्रसेवकहरू यसरि नै अख्तियारको कोपभाजमा परि रहनु पर्नेछ ।
हुनतः आरोपकर्ताबाट आरोप लगाउँदा तथ्यलाई नजरअन्दाज गरिएको हुन्छ र आरोप तथ्यपरक हुन्नन् तरपनि, अख्तियारजस्तो संवैधानिक निकायबाट हुँने यस्ता देखिने त्रुटि र दुराशययूक्त भावनाको कल्पना गर्न सकिन्न! अख्तियारबाट हुदै आएका यस्ता त्रुटीको गम्भीर अध्ययन र विश्लेषण गर्दा नेपालको समग्र विकास र समृद्धिको वाधक नै अख्तियार हो भन्ने निष्कर्षमा पुग्न कुनै कठिनाई छैन् ।

तपाँई हामी सबैको आस्था, विश्वास एवम् भरोशा अनि निष्ठाको जीत भएको दिन ! अन्याय र अत्याचार व्यभिचार माथि न्याय, धर्म र सत्य भारी भएको दिन ! सम्मानित न्यायालयबाट पूर्व-मुख्यमन्त्री एवम् नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति सदस्य आदारणीय नेता माननीय जीवनबहादुर शाहीज्यूलाई न्याय मिलेको छ। सत्यको जीत भएको छ । सम्मानित विशेष अदालत न्यायामूर्तिप्रति उच्च सम्मान र नमन छ । याे सुनाैलाे र खुशीकाे दिन । हाम्रो बिश्वासले जितेकाे दिन । कर्णाली र काँग्रेसकाे भबिष्य र भराेसाकाे दिन । देबी देवता दाँहिना भएकाे दिन ।भगवानकाे आर्शीवाद पाएकाे दिन िसंगाे कर्णाली कााग्रेसका अभिभावक जीवनबहादुर शाहीज्यूलाई त्रेता युगमा सीतालाई झै अग्निमा हाेमिन लाएका थिए । उहाँ निर्दोश साबित हुनु भएको छ । अग्नि परिक्षामा सफल हुनु भएको छ। खिसीटीयुरी गर्नेको नजर झुकेको छ भने शुभचिन्तकको अधर मुस्काएको छ । आत्मासम्मानमा चोट पुर्याउने दुस्प्रयास गरे पनि खोट लागेको छैन । त्रेता युगमा रामले अपमान सहनुपर्याे । द्वापर युगमा कृष्णले दु:ख झेल्नु पर्याे। कलि युगमा तपाईं जस्ता सत्यवादीले अपमान र दु: ख भाेग्नुपर्याे। यसकाे क्षतिपूर्ति एकदिन अबश्य मिल्नेछ।  भन्दै नेपाली काँग्रेस हुम्लाले जिल्ला भरि आज साँझ ५ बजे दिपावली गर्ने भएकाे छ