हिमाली जिल्ला हुम्लाका नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै १५ दिन सम्मको लागि योग शिबिर संचालन भएको छ । योग गर्दा मानिसको स्वास्थ्यमा राम्रो लक्षण आउने र मानिस हेष्ट पुष्ट हुनुका साथै पुराना लागेका रोग पनि निको हुने हुदा पतंजलि योग समिति नेपाल द्वारा हुम्लामा पनि १५ दिन बिहान र बेलुका दुई चरणमा योग ९ यौगा० संचालन गर्ने पतंजलि योग समिति नेपालकि उपाध्यक्ष अर्चना घिमिरेले बताइन् । उपाध्यक्ष घिमिरेका अनुसार नेपालका विभिन्न ठाउँमा गएर योग शिविर संचालन गरेको र हिमाली त्यसैमा दुर्गम जिल्लामा पनि शिविर संचालन गर्ने समितिले निर्णय निकालेर शिविर संचालन गर्न काठमाडौबाट जिल्ला आइपुगेको बताइन् । त्यस्तै योग गर्दा पुराना भन्दा पुराना रोग निको हुने र स्वास्थ्यमा पनि फुर्ति आउने भएपनि योग गर्नु आवश्यक रहेको जनाइन् ।पतंजलि योग पिठ नेपाल महिला पतंजलि योग समिति र पतंजलि योग समिति नेपाल युवा नेपाल समिति द्वारा हुम्लाको सदरमुकाम सिमकोटको जिल्ला समन्वय समितिको हलमा संचालन भएको छ ।
योग शिविरमा जिल्लामा डाक्टर चाहाना शर्मा लगाएतको टिम आएको छ । डाक्टर शर्माले योग नै बुद्धि ,बिबेक,सहनसिल्ता प्रप्त गर्नको लागि पनि योग ९यौगा० गर्नु आवश्यक रहेको बताइन् ।
सनिवार बिहानबाट संचालन भएको योग शिविरमा मानसरोवर माध्यमिक बिद्यालयमा अध्यानरत १९ जना बिद्यार्थीले सहभागी जनाएका थिए । शिविर संचालन गर्दा बिद्यार्थी बाट समाजमा योग ९ यौगाको ० बारेमा थाहा हुने भएकाले पहिलो दिन बिद्यार्थी सहभागीता जनाएको शिक्षक जय देबि शाहीले बताइन् ।
पहिलो दिन त्यति शिविरमा सहभागी नदेखिएपनि दोस्रो दिन देखि सहभागीको संख्या बढि हुने योग शिविरको टिमको आसा छ ।
शिविर उद्घाटनमा सिमकोट गाउँपालिका वडा ४ का पुर्व अध्यक्ष छिमि लामा, प्रहरी निरिक्षक सरोज कडेल, पत्रकार महासंघ अध्यक्ष राजन रावत, शिक्षक पुष्पा न्यौपाने, कमला राई, कबिराज संकर रौनिहार लगाएतको सहभागी रहेको थियो ।