सिमकोटमा पालिकास्तरीय स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा गोष्ठी सञ्चालन

सिमकोट गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा आर्थिक वर्ष २०८२÷०८३ को पालिका स्तरीय स्वास्थ्य कार्यक्रमहरूको प्रगति समीक्षा गोष्ठी सञ्चालन भइरहेको छ । सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीको अध्यक्षता तथा उपाध्यक्ष सुशीला भाम रोकायाको विशेष आतिथ्यतामा हेडल्यान्ड रूफटप क्याफे, सिमकोट हुम्लामा गोष्ठी सञ्चालन भइरहेको हो ।
गोष्ठीमा आर्थिक वर्ष २०८२÷०८३ मा गाउँपालिकाभित्र सञ्चालन भएका विभिन्न स्वास्थ्य कार्यक्रमहरूको प्रगति, उपलब्धि, समस्या तथा चुनौतीका विषयमा समीक्षा तथा छलफल भइरहेको सिमकोट गाउँ पालिका स्वास्थ्य शाखा प्रमुख नर भण्डारीले जानकारी लिनुभएको छ ।
स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी तथा गुणस्तरीय बनाउने, स्वास्थ्य कार्यक्रमको कार्यान्वयनमा देखिएका समस्या पहिचान गर्ने र आगामी दिनमा सुधारका लागि आवश्यक योजना तथा रणनीति तय गर्ने उद्देश्यले गोष्ठी आयोजना गरिएको समेत प्रमुख भण्डारीले बताउनु भएको छ
। कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, स्वास्थ्य शाखाका कर्मचारी विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा पत्रकारहरुको सहभागिता रहेको छ । कार्यक्रम आज र भोली २ दिन संचालन हुने छ ।