विश्व युवा दिवसमा रास्वपा हुम्लाद्वारा बिरामीलाई फ्रुटी तथा बिस्कुट वितरण


हुम्लामा विश्व युवा दिवसको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी हुम्लाले जिल्ला अस्पतालमा उपचाररत बिरामी तथा अस्पतालका कर्मचारीलाई फ्रुटि र बिस्कुट वितरण गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी हुम्लाका जिल्ला सभापति लक्ष्मणा एडीको नेतृत्वमा अस्पतालमा भर्ना भएका ५ जना बिरामी तथा कर्मचारीलाई फ्रुटी र बिस्कुट वितरण गरिएको हो।
युवा दिवसको अवसरमा बिरामी तथा स्वास्थ्यकर्मीप्रति सद्भाव व्यक्त गर्दै मानवीय सेवाको भावनासहित उक्त सामग्री वितरण गरिएको रास्वपा हुम्लाले जनाएको छ।
कार्यक्रममा अस्पतालमा उपचाररत बिरामीको स्वास्थ्यलाभको कामना गर्दै आगामी दिनमा पनि सामाजिक तथा मानवीय सेवाका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको छ।