सिमकोट गाउँ पालिका वडा नं २ मा जेष्ठ नागरिक स्वास्थ्य प्रवर्धन कार्यक्रम सम्पन्न

सिमकोट गाउँ पालिका वडा नं २ मा जेष्ठ नागरिक स्वास्थ्य प्रवर्धन कार्यक्रम सम्पन्न भएको छ । आयुर्वेधिक स्वास्थ्य केन्द्र हुम्लाको आयोजनामा भएको उक्त कार्यक्रम वडा नं २ का अध्यक्ष देवजङ्ग बोहराको अध्यक्षतामा संचालन गरिएको सिमकोट गाउँ पालिका अध्यक्ष बिजय भण्डारीले रेडियो मानसरोवरलाई जानकारी दिनुभएको छ ।

कार्यक्रममा सिमकोट गाउँ पालिका २ स्थित ठेहेमा ६० वर्ष माथिका जेष्ठ नागरिकहरुको चेकजाचको साथै २ सय ५० जनालाई भिटामिन र चेवनप्रास बितरण समेत अध्यक्ष भण्डारीले जानकारी दिनुभएको छ । कार्यक्रमका आयुर्वेधिक स्वास्थ्य केन्द्र हुम्ला कर्मचारी लगाएत स्थानियको बाक्लो उपस्थिति रहेको थियो ।