अदानचुली गाउँ पालिका बारीगाउँमा निर्माण भएको हेलिप्याड गाउँ पालिकालाई हस्तानतरण

शत्रु भन्जन गुल्म रानिवन ब्यारेकद्धारा अदानचुली गाउँ पालिका वडा न. ५ बारीगाउँमा निर्माण भएको हेलिप्याड गाउँ पालिकालाई हस्तानतरण गरेको छ । नेपाली सेनाले संचालन गर्दै आईरहेको शीघ्र प्रभावी आयोजना अन्तरगत निर्माण गरिएको उक्त हेलिप्याट मंगलार एक कार्यक्रमका बिच हस्तानतरण गरिएको हो ।

उत्तर पश्चिम पृतना पति उपरथि दिपेश जंग शाहद्धारा हस्तानतरण हुने भनिएको उक्त हेलिप्याड सुर्खेतबाट आउन नसक्दा शत्रु भन्जन गुल्म रानिवन ब्यारेकका गुल्म पति हरि बाबु श्रेष्ठले अदानचुलि गाउँ पालिकालाई हस्तानतरण गरेको न्यु कैलाश निमार्ण एण्ड अर्डर सप्लायर्स कम्पनिका प्रोपराटर सोवन रावतले जानकारी दिएका छन् । रावतका अनुसार उक्त हेलिप्याट १० लाखमा निर्माण भएको र आफ्नो कम्पनिले निमार्ण गरेको जानकारी दिएका छन्