युवाद्धारा राष्ट्रिय सडक बाजुराको धुलाचौरमा बन्द हुम्ली यात्रु घण्टौ देखी अलपत्र ः जिल्ला प्रशाशन कार्यालय हुम्लामा सर्बपक्षिय बैठक संचालन

बाजुराको हिमाली गाउँ पालिकाका युवाद्धारा राष्ट्रिय सडक बाजुराको धुलाचौरमा बुधबारबाट बन्द गरिएको छ हुम्ली यात्रु घण्टौ देखी अलपत्र ः जिल्ला प्रशाशन कार्यालय हुम्लामा सर्बपक्षिय बैठक संचालन गरिएको छ । लाम्पाटा,च्याचौर, रानीसेन लगाएत क्षेत्रको सिमा बिबादले चर्को रुप लिदाँ बाजुरा हिमाली गाउँ पालिका युवाहरुले हुम्ला जिल्लाका आवत जावत गर्ने यातायात बन्द गरेका छन् । यसै गरि बाजुरा पिलु धुलाचौरमा ब्यवसाय गर्दै आईरहेका हुम्ली ब्वसाथिहरुको पसल होटेल समेत बन्द गरेका छन् । हुम्ली यात्रु तथा बाजुरामा ब्यवसायिहरुलाई सास्ति हुदाँ समेत बाजुराका स्थानिय कुनै पनि वास्था नगरेको देखिएको छ । यसको सामाधानको लागी जिल्ला प्रशासन कार्यालय हुम्लामा अहिले सर्वदलिय बैठक बसिरहेकोे छ ।