ओग्ख्रेना सामुदायिक वन क्षेत्रमा मंगलबार राति ८ बजेदेखि आगलागी, ४ सय पचास हेक्टर वन मध्य करिव २ सय हेक्टर वन पुर्णरुपमा नष्ट

हुम्लाको सिमकोट गाउँपालिका वडा नम्बर ७ डाँडाफया स्थित ओग्ख्रेना सामुदायिक वन क्षेत्रमा मंगलबार राति करिब ८ बजेदेखि आगलागी भएको छ । आगलागी अझै पूर्ण रूपमा नियन्त्रणमा नआएको र ४ सय पचास हेक्टर वन मध्य करिव २ सय हेक्टर वन पुर्णरुपमा जलिसकेको ओग्ख्रेना सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष मन्दिर सिंहले दिएको जानकारी दिएका छन् । वन क्षेत्रमा लागेको डढेलो नियन्त्रणका लागि सामुदायिक वन उपभोक्ता समितिका २५ जना सदस्य खटिएको समेत अध्यक्ष सिंहले बताएका छन् । दुर्गम भूगोल, हावाहुरी र सुख्खा मौसमका कारण आगो नियन्त्रण गर्न कठिन भइरहेको र आगलागीबाट वन क्षेत्रका रुखबिरुवा, जडीबुटी तथा वन्यजन्तुको बासस्थानमा क्षति पुग्ने जोखिम बढेको छ । स्थानीयवासी तथा सरोकारवाला निकायले वन डढेलो नियन्त्रणमा सहयोग गर्न सबैलाई अध्यक्ष सिंहले आग्रह समेत गरेका छन् ।