जिप्रका हुम्लामा आइपुग्यो नेपाल–भारत सहयोगमा बोलेरो

सिमकोट, हुम्ला – नेपाल–भारत सहयोग कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय हुम्लामा नयाँ बोलेरो गाडी आइपुगेको छ । हुम्लाको सदरमुकाम सिमकोटमा आईपुगेको उक्त बुलेरो गाडिलाई पुजारीको हातबाट पुजापाठ गरेर जिल्ला प्रहरी कार्यालय भित्र भित्राईएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डि एस पिशंखर खड्काले बताउनु भयो । दुर्गम हिमाली जिल्ला हुम्लामा शान्ति सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सवारी साधनको अभाव भइरहेको अवस्थामा यो सहयोग महत्वपूर्ण मानिएको छ ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख डि.एस. पि. खड्काले नयाँ गाडी प्राप्त भएपछि गस्ती परिचालन, आपतकालीन उद्धार तथा अनुसन्धान कार्य थप सहज र प्रभावकारी हुने बताएका छन् । भौगोलिक विकटता र सडक पहुँचको कठिनाइका कारण प्रहरी परिचालनमा चुनौती रहँदै आएको थियो ।
नेपाल–भारत मैत्री सम्बन्धको प्रतीकस्वरूप प्राप्त उक्त सवारी साधनले सीमावर्ती क्षेत्रमा शान्ति सुरक्षा सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।