हुम्लामा दोस्रो पटक हिमपात जनजीवन प्रभावित

उच्च हिमाली भेग हुम्ला जिल्लामा यस वर्ष दोस्रो पटक हिमपात भएको छ । मंगलबार राति करिब ११ बजेदेखि सुरु भएको हिमपात बुधबार बिहानसम्म जारी रहेको सिमकोट गाउँपालिका वडा न. २ का स्थानीय टसी बोहराले बताएका छन् ।
पहिलेका वर्ष मंसिर पुष महिनामा पर्ने हिउँ यो वर्ष हिउँदमा लामो समय नपर्दा सथानिय बासि चिन्तित भएका थिए । र यो वर्ष २ महिनाको लामो खडेरी पछि जिल्लामा शुक्रबार पहिलो हिमपात भएको थियो ।
बोहराका अनुसार यो हिमपातले हिउँदेबाली जौ, गहुँँ, उवा र फलफुल खेतीमा फाइदा पुग्ने अपेक्षा समेत गरिएको बताउनु भएको छ ।
हिमपातसँगै जिल्लामा चिसो अत्यधिक बढेको छ भने दैनिक जनजीवन प्रभावित भएको छ । हिमपातका कारण यातायात, तथा सर्वसाधारणको दैनिकीमा असर पर्ने भएको छ । भने यसमा आवश्यक सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय हम्लाले स्थानिय वासीलाई आग्रह समेत गरेको छ ।