नेकपा एमाले हुम्लाद्धारा निर्वाचन मूल परिचालन कमिटि सहित विभिन्न ६ वटा कमिटि गठन

नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभा निर्वाचनको लागी हुम्ला जिल्लामा अदानचुली गाउँ पालिकाका पुर्व अध्यक्ष दल फडेराले टिकट पाएका छन् । टिकट पाए लगतै एमाले हुल्ला जिल्ला केन्दिय तहका नेता गोरख बोगटी,दल रावल, दल फडेरा सहितको जिल्ला कमिटिका अध्यक्ष ज्ञामि बुमि, र जिल्ला कमिट सचिव तिर्थराज बोहराको टोली आईतबार जिल्लामा आई पुगेको जिल्ला कमिटि सचिव बोहराले बतागउनु भएको छ । आए लगतै नेकपा एमाले हुम्लाको सोमबार आफ्नै कार्यालयमा बैठक बसेको र फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागी निर्वाचन मूल परिचालन कमिटि सहित विभिन्न ६ वटा कमिटि गठन गरेको सतेत बोहराले जानकारी दिनु भएकोछ ।

जिल्ला निर्वाचन मूल परिचालन कमिटिमा के.स. तथा जिल्ला ईन्चार्ज रावलको संयोजकत्वमा के.स.गोरख बोगटी, दल फडेरा, जिल्ला अध्यक्ष ज्ञामि बुमि तथा प्रदेश कमिटिका सदस्यहरु रहने गरि ३०१ सदस्यीय कमिटि गठन गरेको छ । राजनितिक संवाद कमिटिमा के.स. बोगटीको संयोजकत्वमा ६ सदस्यीय,आर्थिक परिचालन उपसमिति तर्फ प्रकाश शाहीको संयोजकत्वमा ७ सदस्य, प्रचारप्रसार उपसमिति जिल्ला कमिटि सचिव बोहराको संयोजकत्वमा ७ सदस्यीय ,स्वयंसेवक परिचालन कमिटिमा उपेन्द्र शाहीको संयोजकत्वमा २०१ सदस्यीय र चन्द्र ढकालको संयोजकत्वमा ९ सदस्यीय सास्कृति उपसमिति गठन गरिएको सचिब बोहराले बताउनु भइको छ ।