रेडियो मानसरोवर ९२.१ मेगाहर्जको परिक्षण प्रसारण सुरु

डेलिमेल मिडिया प्रा.लिद्धारा संचालीत रेडियो मानसरोवर ९२.१ मेगाहर्ज परिक्षण प्रसारणमा रहेको छ । बिविधतामा एकता राष्ट्र निर्माणमा हाम्रो सहभागिता भन्ने मुल नाराका साथ हुम्लाको सदरमुकाम सिमकोटको माथिल्लो गाउँमा स्टुडीयो रहेकोे रेडियो मानसरोवर ९२.१ मेगाहर्जले परिक्षण प्रशारण गदैँ आएको छ । सुचना र संचारको पहुच भन्दा टाढा रहेका कर्णाली जनतालाई कर्णाली प्रदेशको एक मात्र २००० धबत ( दुई हजार वाड ) को रेडियो मासरोवरले सुचना,मनोरन्जन,शिक्षा,स्वास्थ्या र समचारले सुसुचित गराउने हामीले अपेक्ष राखेका छौ । कर्णालीको आवज हुम्लाको शान लाई आत्मसाथ गदैँ स्थापित रेडियो मान सरोवरले दुरदराजका आवजलाई कर्णालीको राजधानि बिरेन्द्रनगर सुर्खेत र केन्द्रिय राजधानि काठमाडौँ सम्म पुर्याउने छ ।