‎ सुप्रभा पोस्टका सम्पादक जेठारालाई मातृशोक

सुप्रभा पोस्टका सम्पादक श्री जान बहादुर जेठाराजीकी ममतामय माता स्व. तुलि जेठाराको दुःखद निधन भएको खबरले सम्पूर्ण सुप्रभा पोस्ट परिवार अत्यन्त मर्माहित भएको छ।
उहाँको माता (स्व.) जेठाराले ७६वर्षको उमेरमा २०८२ साल साउन  १७ गते सनिबारका दिन खार्पुनाथ ४ लेख गाउँमा आफ्नो देह त्याग गर्नुभयो। उहाँको असामयिक निधनले सम्पूर्ण परिवार, इष्टमित्र तथा पत्रकारिता क्षेत्रलाई अपूरणीय क्षति पुगेको छ।

सुप्रभा पोस्ट परिवार सम्पादकज्यूप्रति हार्दिक समवेदना प्रकट गर्दछ र दिवंगत आत्माको चिर शान्तिको कामना गर्दछ।
‎शोकसन्तप्त परिवारजनमा धैर्य एवं सहनशक्ति प्राप्त होस् भन्ने कामना।
सुप्रभा पोस्ट परिवार