कर्णाली प्रदेशभर बिहीवार सार्वजनिक विदा

सुर्खेत । कर्णाली प्रदेश सरकारले साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा साउन १ गते अर्थात् भोलि सार्वजनिक बिदा दिने भएको छ। गत चैत १७ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले साउन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

सोही निर्णयअनुसार भोलि प्रदेशका सबै सरकारी तथा सार्वजनिक निकायहरूमा बिदा दिइने आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता तथा उपसचिव उत्तम गौतमले जानकारी दिए।