रलिङ माविमा नयाँ विव्यस गठन, अध्यक्षमा पुर्ण ब लामा

हुम्ला। सिमकोट गाउँपालिका–३ मा रहेको रलिङ माध्यमिक विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति (विव्यस) गठन गरिएको छ। मङ्गलबार सम्पन्न अभिभावक भेलाले पूर्ण बहादुर लामाको नेतृत्वमा ९ सदस्यीय समिति सर्वसम्मत रुपमा चयन गरेको हो।

समितिमा हाँसु भण्डारी, जानकला सुनार, अदानसिंह भण्डारी, बल भण्डारी, पामा लामा, सुनाम याङ्जुम लामा सदस्य छन्। शिक्षक प्रतिनिधिमा सुर्यमणि बोहरा र सदस्य सचिवमा प्राध्यापक छिमि लामा रहेका छन्।

यस्तै, शिक्षक अभिभावक संघको अध्यक्षमा हर्कधन सुनार सर्वसम्मत चयन भएका छन्। संघमा बिरबल परियार, छिजुम लामा, टसि ताम्बा लामा, बाँचा सुनार, राम ब. भण्डारी, देउकली सुनार, गङ्गा ब. सुनार, सरिता सुनार सदस्य रहेका छन् भने शिक्षक प्रतिनिधिमा नोर्ला लामा र छिमि लामा रहेका छन्।

विद्यालय व्यवस्थापन समिति गाउँ शिक्षा ऐन २०७८ को दफा १३ को उपदफा १ र ७ अनुसार गठन गरिएको हो। गाउँपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा विव्यस गठन गर्ने पहिलो विद्यालय समेत रहेको छ। साउन ४ गते भित्र सबै विद्यालयले गठन गरि गाउँपालिकाको शिक्षा शाखामा नामावली पठाउनु पर्ने छ।