मानव अधिकार एलाइन्सको स्थापना दिवसमा बिरामीलाई फलफूल वितरण

हुम्ला। जिल्ला अस्पताल हुम्लामा रहेका बिरामीलाई फलफूल वितरण गरी मानव अधिकार एलाइन्स हुम्लाले स्थापना दिवसका मनाएको छ । २६ औं स्थापना दिवसको अवसरमा उक्त फलफुल वितरण गरेको हो।

आईतवार विहान ९ बजे एलाइन्सले अस्पतालमै पुगेर भर्ना भएका उपचारत बिरामीहरूलाई फलफूल वितरण गरेको थियो । साथ‌ै विरामिको अवस्था बुझि शुभकामना आदान प्रदान कार्यक्रम गरी स्थापना दिवस मनाएको हो ।

कार्यक्रममा जिल्ला अस्पतालका निमित्त कार्यालय प्रमुख डा.उमाकान्त तिवारी, नेकपा एमाले हुम्लाका उपाध्यक्ष
प्रकाश बहादुर शाही, सचिव तिर्थराज बोहरा, उपसचिव प्रदिप लामा, पत्रकार महासंघ हुम्लाका सचिव नन्द सिंह, प्रेस युनियन अध्यक्ष राज शाही, प्रेस चौतारी सहसचिव लक्ष्य कामी, प्रेस सेन्टर उपाध्यक्ष भक्तराज ऐडि, एलाईन्सका उपाध्यक्ष ऐटन रावल लगायतको सहभागिता थियो ।

विगतका वर्षहरुमा झै यस वर्ष पनि भव्य र सभ्य रुपमा स्थापना दिवस मनाइएको एलाइन्स हुम्लाका अध्यक्ष बेलुमाया महताराले बताए ।