आईएनएफ नेपाल कालिकोटकाे सामाजिक लेखापरिक्षण सम्पन्न, समुदायमा उल्लेखनीय काम

चन्द्र प्रसाद भट्टराई कालिकोट । इन्टरनेशनल नेपाल फेलोशिप (INF) नेपाल, कालिकोटद्वारा सञ्चालित आर्थिक वर्ष २०८१/०८२ काे सामाजिक लेखापरिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। INF नेपाल कालिकोटका परियोजना संयोजक दलबहादुर बुढाकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे प्रमुख आतिथ्यतामा नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर बिष्ट रहनुभएकाे थियो।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष कमल कुमार शाहा विशेष अतिथिका रूपमा सहभागी हुनुका साथै सवै वडाका अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विभिन्न शाखाका प्रमुखहरु, स्वावलम्बन समूहका सदस्य तथा सहजकर्ता, साथै स्थानीय पत्रकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा INF नेपालले आर्थिक वर्ष २०८१/०८२ मा समुदायमा गरेका कामहरूको विस्तृत विवरण सार्वजनिक गरिएको थियो,साे कार्यक्रमा आर्थिक बर्षु २०८१/०८२काे बार्षिक प्रगति र खर्चकाे विवरण सार्वजनिक गरेकाे थियाे ।सामाजिक उत्तरदायित्व अन्तर्गत INF नेपालले शिक्षा, स्वास्थ्य, महिला सशक्तिकरण, स्वावलम्बन, अपांगता सम्बन्धी सेवा, कृषि प्रवर्द्धन तथा स्थानीय क्षमता विकासका क्षेत्रमा पुर्‍याएको योगदानलाई कार्यक्रममार्फत प्रस्तुत गरियो।

INf ले स्वावलम्बन समूह मार्फत महिला सशक्तिकरण,अपांगता भएका व्यक्तिहरूका लागि पहुँचयुक्त कार्यक्रम कृषक समुह सशक्तिकरण तथा आयआर्जनमुखी तालिम समुदायमा सुरक्षित खानेपानी तथा सरसफाइ प्रवर्द्धन,विद्यालयमा शिक्षा सामग्री वितरण तथा बालमैत्री पूर्वाधार निर्माण सहयोग,विभिन्न यूवाहरुलाई सिपमुलक तालिम हरु मार्फत राेजगारिकाे अबसर प्रदान,गरेकाे पाईएकाे छ।

कार्यक्रममा सहभागी सरोकारवालाहरुले INF नेपालले समुदायको आधारभूत आवश्यकता पहिचान गर्दै दीर्घकालीन सुधारमा केन्द्रित कार्यक्रम सञ्चालन गरेकोमा प्रशंसा व्यक्त गरेका थिए। सामाजिक लेखापरिक्षणमार्फत INF नेपालले पारदर्शिता, जवाफदेहिता र सहभागितामूलक विकासमा प्रतिबद्धता जनाएको स्पष्ट देखिएको छ।