सिमकोट–बरगाउँ–ठेहे–दोजाम सडक निर्माणका लागि बजेट विनियोजन, अध्यक्ष भण्डारीद्वारा आभार व्यक्त

सिमकोट गाउँपालिकाको केन्द्र तथा जिल्ला सदरमुकाम सिमकोटदेखि वडा नं. १ सम्मका चार वटा वडालाई सडक सञ्जालमार्फत जोड्ने महत्त्वपूर्ण सिमकोट–बरगाउँ–ठेहे–दोजाम सडक निर्माणका लागि आर्थिक वर्ष २०८३÷०८४ मा बजेट विनियोजन भएको छ । उक्त सडक आयोजनाका लागि बजेट व्यवस्था भएसँगै सिमकोट गाउँपालिकाको समग्र विकासमा थप उत्साह र ऊर्जा थपिएको सिमकोट गाउँ पालिका अध्यक्ष बिजय भण्डारीले बताएका छन।

सडक निर्माणले यातायात पहुँच विस्तार, स्थानीय जनताको आवागमन सहजता तथा आर्थिक–सामाजिक विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । यस महत्वपूर्ण योजनाका लागि पहल गरी बजेट विनियोजन गर्न सहयोग पु¥याउनु हुने कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री माननीय शेरबहादुर बुढा लगायत सम्पूर्ण पहलकर्ता तथा सरोकारवालाप्रति अध्यक्ष भण्डारीले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत हृदयदेखि हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेका छन् । स्थानीय तहको विकास र जनजीवनमा सकारात्मक परिवर्तन ल्याउने यस सडक आयोजनाले सिमकोट गाउँपालिकाको समृद्धि यात्रामा नयाँ आयाम थप्ने विश्वास गरिएको छ ।