नाम्खा गाउँपालिकामा अध्यक्ष कप सुरु, गाउँपालिका अध्यक्षद्वारा उद्घाटन

हुम्लाको नाम्खा गाउँपालिकामा अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गाउँपालिका अध्यक्ष प्रेम लामाले एक कार्यक्रमका बीच औपचारिक रूपमा उद्घाटन गरेका हुन् । कार्यक्रम नाम्खा गाउँ पालिका वडा न. ४का अध्यक्ष लातार लामाको अध्यक्षता र गाउँ पालिका अध्यक्ष लामाको प्रमुख आथित्यमा संचालन भएको थियो । उद्घाटन समारोहमा बोल्दै अध्यक्ष लामाले खेलकुदले युवाहरूबीच अनुशासन, आपसी सद्भाव तथा प्रतिस्पर्धात्मक भावना विकास गर्ने भएकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताएका छन् । उनले खेलकुद क्षेत्रको विकासका लागि गाउँपालिकाले आवश्यक सहयोग र प्रोत्साहन गर्दै आएको पनि उल्लेख गरेका छन् ।

प्रतियोगितामा गाउँपालिका भित्रका विभिन्न बिद्यालयहरुको सहभागिता रहेको छ । विभिन्न विधामा सञ्चालन हुने प्रतियोगितामा आधारभूत तह कक्षा (५देखी ८) भलिवल प्रतियोगिता कक्षा (६–१२) सदनात्मक छात्र फुटवल प्रतियोगिता माध्यमिक तह सदनात्मक छात्रा भलिबल प्रतियोगिता छात्र तर्फः १०० मि, २०० मि, ४०० मि र ८०० मि दौड़ छात्रा तर्फः १०० मि, २०० मि. ४०० मि र ८०० मि दौड़ छात्र तर्फ हाइजम्प, लड़जम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो ८०० ग्राम र सटफुट १२ पाउन्ड छात्रा तर्फ हाइजम्प, लड़जम्प, त्रिपलजम्प, ज्याभालिङ थ्रो ८०० ग्राम र सटफुट १२ पाउन्ड शिक्षक र पालिका विच मैत्रीपूर्ण फुटबल अन्य मनोरन्जनात्मक प्रतियोगितात्मक खेल संचालन हुने प्रमुख प्रशासकिय अधिकृत पुर्षोतम देबकोटाले जानकारी दिएका छन् ।

उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि, शिक्षक, विद्यार्थी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । अध्यक्ष कप प्रतियोगिता ३ दिनसम्म सञ्चालन हुने भएको छ ।