बाजुराको धुलचौर सडक खण्ड अवरुद्ध गर्ने संलग्नलाई कारबाहीको दायरा ल्याउने जिल्ला प्रशासनको निर्णय

बाजुराको धुलचौर सडक खण्ड अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालय हुम्लामा सर्वदलिय बैठक बसेको छ । उक्त बैठकले कर्णाली करिडोर अन्र्तगत पर्ने बाजुराको धुलाचौरको सडक खण्ड अवरुद्ध गर्ने संलग्न व्यक्तिलाई अस्तव्यस्त सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा १ उल्लेखित ऐन अनुसार कार्बाही गर्ने निर्णय गरेको छ । बुधबार साँझ देखि हिमाली गाउँपालिका अन्र्तगत धुलाचौर सडक खण्ड पुन अवरुद्ध गरेका छन ।

उक्त सडक अवरुद्ध हुदा यात्रुहरु अलपत्र पर्नुका साथै चालु आर्थिक वर्षको साल्तमानको मुखैमा दैनिक उपभोग्य तथा विकास निर्माणका सामाग्री ढुवानीमा अवरुद्ध भएको छ । सडक अवरुद्ध गर्ने संलग्न व्यक्तिलाई उल्लेखित ऐन बमोजिम तत्काल कार्बाही गरी यथासक्य कर्णाली करिडोर राजमार्ग सुचारु गर्नका लागी नेपाल सरकार गृह मन्त्रालय समक्ष अनुरोध गर्ने निर्णय गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मीको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बुधबबार साँझ देखि बाजुराको हिमाली गाउँपालिका केन्द्र धुलाचौरको कर्णाली करिडोर सडक बन्द हुँदा हुम्लाबाट नेपालगञ्ज, सुर्खेत, काठमाण्डौं लगायत देशका विभिन्न शहरमा अध्ययन, रोजगारी र औषधि उपचारका लागि जाने यहाँका नागरीक अलपत्र अवस्थामा परेका छन् । भने जिल्ला बाहिरबाट हुम्ला भित्रीने यात्रुका साथै विभिन्न मालबाहक सवारी साधन समेत उतै रोकिएका छन् ।