सबैका लागी भबिश्य बढाउने शिक्षा परियोनजा कार्यक्रमको शनिबार सामाजिक कार्यालय हम्लामा शुभआरम्भ

Felm नेपालको आर्थिक सहयोग तथा सामुदायिक बिकास केन्द्र सिडिसिको प्राबिधिक सहयोगमा सबैका लागी भबिश्य बढाउने शिक्षा परियोनजा कार्यक्रमको शुभआरम्भ भएको छ । कार्यक्रम सामाजिक बिकास हुम्लाको कार्यालयमा शनिबार मध्यन्न १२ बजे भएको सिडिसिका कार्यकारी निर्देशक हेमराज जोशीले जानकारी दिएका छन् । यस परियोजनाबाट शिक्षा क्षेत्रमा कार्यगर्ने सरकारवाला सबै संग समन्वय र सहकार्य गरेर अगाडी बढ्ने निर्णय समेत गरिएको निर्देशक जोशीले बताउनु भएको छ । यस कार्यक्रमबाट बालबालिका तथा किशोर किशोरी,अपङगता भएका बाल बालिका,शिक्षक,बिद्यालय ब्यवस्थापन,अभिभावक तथा स्थानिय सरकार प्रत्यक्षरुपमा लाभग्राही हुने भएका छन् । कार्यक्रममा सामाजिक कार्यालयका प्रमुख इश्वर सिंह,गोर्खराज रेग्मी,गोबिन्द शाही,जनक बुढा,गोबिन्द कुमार चौधरी,उमेश बहादुर साउद,छपाल लामा,तुलाराम बुढा,लोकराज न्यौपने,प्रेम सुनार,निराजन बुढा,बिष्णुभक्त पाण्डे र नबिन कुमार शाहीको उपश्थिति रहेको थियो ।