रास्वपा सिमकोट गाउँपालिका अधिवेशन सम्पन्न, २२ गते जिल्ला अधिवेशन हुने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिमकोट गाउँपालिका अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट गाउँपालिका तहको नयाँ नेतृत्व चयन गरिएको छ।
सभापतिमा छङवा लामा , उपासभापतिमा हिमाल शाही, सचिवमा मान बहादुर शाहि, सहसचिवमा अकिल रोकाया तथा कोषाध्यक्षमा धनकली बुढा चयन भएका छन्। त्यसैगरी अन्य पदाधिकारी तथा सदस्यहरू समेत चयन गरिएको जनाइएको छ।
अधिवेशनले पार्टी संगठनलाई वडा तथा गाउँपालिका स्तरमा थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, आगामी जेठ २२ हुने जिल्ला अधिवेशन सफल पार्न आवश्यक तयारी अगाडि बढाइएको पत्रकार मनोज बोहरा अनन्तले जानकारी दिइएका छन । रास्वपाले स्थानीय तहदेखि जिल्लासम्म संगठन विस्तार र सुदृढीकरणलाई प्राथमिकता दिँदै विभिन्न तहका अधिवेशनहरू सञ्चालन गरिरहेको जनाएको छ।