२० किलोवाट छ्यागी खोला लघुजल बिद्युत आयोजनाको पालिका अध्यक्ष रोकायाद्धारा समउद्घाटन

सर्केगाड गाउँ पालिका वडा नम्बर ६ मा पर्ने छ्यागी खोला लघु जलबिद्युत आयोजनाको समउद्घाटन सम्पन्न भएको छ । २० किलो वाट क्षमताको छ्यागी खोला लघु जलबिद्युत आयोजनाको सर्केगाड गाउँ पालिका अध्यक्ष ठान बहादुर रोकायाले समउद्घाटन गर्नु भएको स्रोतले बताएको छ । कुल लागत २ करोड ३७ लाख ३५ हजार ५३ सय २२ पैषामा २० किलो वाट क्षमताको छ्यागी खोला लघु जलबिद्युत आयोजना सम्पन्न भएको हो । सर्केगाड गाउपालिकाबाट २३ लाख ७३ हजार ५ सय ५३ रुपैया २ पैसा र वैकल्पिक उर्जा प्रवद्धन केन्द्रबाट २ करोड १३ लाख ६१ ह्जार ९ सय ७७ रुपैया २० पैसाको साझेदारीमा उतm जलबिद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ । उक्त लघु जलबिधुत आयोजनाबाट माथिल्लो छ्यागी, तल्लो छ्यागी र गिउसिका स्थानि बासिहरु लाभवित भएका छन् । सर्केगाड गाउपालिका वडा नम्बर ६ का अध्यक्ष पदम बहादुर शाहीको को अध्यक्षता र पालिका अध्यक्ष रोकायाको प्रमुख आतिथ्यामा संचालित उतm कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष अकिल बहादुर कार्की, वडा नम्बर ८ का अध्यक्ष रंगमल रोकाया,वडा नम्बर २ का कार्यबाहाक अध्यक्ष जिवन महतारा,सुसा परियोजना संयोजक निल बिक्रम शाही र पोषण संयोजक कल बहादुर छत्यालको उपस्थिति रहेको थियो । उतm परियोजना बनदेवि आर एन जे बि काभ्रेले निमार्णा गरेको थियो ।