बिद्यालय ब्यबस्थापन समितिद्धारा राम देब माध्यमिक बिद्यालयमा तालाबन्दी

सिमकोट गाउँपालिका-२ मा रहेकाे रामदेब माध्यामिक विद्यालयमा तालाबन्दी गरिएकाे छ। रामदेव माध्यमिक विद्यालका शिक्षकहरूकाे चरम लापरबाही भएकाे भन्दै तालाबन्दी गरिएकाे हाे।
विद्यालयमा शिक्षकहरू नियमित उपस्थित नहुने मनलाग्दी गरेपछि विद्यालयमा तालाबन्दी गरेकाे रामदेव माध्यमिक विद्यालय व्यवस्थान समिति सदस्यहरू र अभिभावक मिलेर तालाबन्दी गरेकाे व्यवस्थापन समिति अध्यक्ष नर भण्डारीले जानकारी दिए। विद्यार्थीका पठनपाठनमा बाधा भएपछि अभिभावक र विवस सदस्य मिलेर तालाबन्दी गरिएको अध्यक्ष भण्डारीले बताए। विद्यालयमा आर्थिक पारदर्शिता नभएको र विद्यार्थीकाे भविष्यमा खेलवाड शिक्षकहरूले गरेपछि विद्यालय तालाबन्दी गर्न बाध्य भएकाे अध्यक्ष भण्डारीकाे भनाई छ। विद्यालय प्रशासनले विद्यालय कमजाेर बनाएकाेले परिणाम याे देखिएकाे विवस अध्यक्ष भण्डारीले भने।  यता रामदेव माध्यमिक विद्यालय प्रधानाध्यापक टिकराम पाैडेलसँग बुझ्न खाेज्दा कुनै प्रतिकृया दिन चाहेनन। ताला बन्दी भएपछि विद्यालयका १७२ जना  विद्यार्थीहरूकाे पढाइ प्रभावित भएकाे छ।