प्रदेश आयोजनाहरु ब्यबस्थापन सुचना प्रर्णाली सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

कर्णाली प्रदेश सरकारको आयोजनामा प्रदेश आयोजनाहरु ब्यबस्थापन सुचना प्रर्णाली सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सिमकोट माथिल्लो बजार स्थित बिजय होटेलमा बुधबार बिहान ११ बजे अन्तरक्रिया कार्यक्र संचालन भएको थियोे । कर्णाली प्रदेशका माननिय संसद असोक नाथ योगीले कार्यक्रममा बोल्दै हिल्ल्सा लिमि जाने आउने पर्यटकलाई कसरी ब्यबस्था गर्न सकिन्छ भन्ने बिषयमा जोड दिनु भएको थियो । अब आउने कर्णालीका योजनालाई ब्यक्तिगत नभएर सामुहिकमा हाल्नु पर्नेमा पनि उहाँको जोड रहेको छ । त्यसै गरि प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मीले पनि हुम्लामा जनसत्तिको ब्यबस्था र नराम्रो पक्षलाई न्युनिकरण गर्दै राम्रो पक्षलाई जोड दिने कुरामा ख्याल राख्नु भएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माले हिल्सा नाराको सडक खुल्ने भएको हुदाँ बाह्रै महिना खुलाउने गरि कर्णाली प्रदेश सरकारले अर्को विकल्प अपनाउनु पर्नेमा जोड दिनु भएको छ ।