सर्केगाड गाउँपालिकाको बिकास –ः एक साथ ४ वटा आर सिसि भवनको उद्घघाटनःभिडियो फोटो फिचर समेत

कर्णाली प्रदेश हुम्ला जिल्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिकाले एक साथ ४ वटा आरसिसि भवनको निर्माण कार्य सम्पन्न गरेको छ । सर्केगाड गाउँपालिका वडा नं ६ मा वडा कार्यालयको भवन, स्वयम्भू आधार भूत विद्यालय भवन, स्वास्थ्य कार्यालय र बर्थिङ सेन्टरको भवन गाउँपालिकाका अध्यक्ष ठान बहादुर रोकायाले उद्घघाटन गर्नु भयएको रेडियो मानसरोवरका स्थानिय समचार दाताले बताएका छन् । अध्यक्ष रोकायाका अनुसार निर्वाचनका वेला स्थानियलाइ बचन दिए अनुसार शिक्षा र स्वास्थ्य गरी ४ वटा आर सिसि भवनको एक साथ उद्घघाटन गरेको हो । उद्घघाटन कार्यक्रममा सर्केगाड गाँउपालिका उपाअध्यक्ष देवकि तिमलसेना,वडा नम्बर ६ का स्थानीय बासी, गाउँपालिकाका कर्मचारीहरुको सहभागिता रहेको थियो । उद्घघाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष रोकायाले आफुले चुनावी अभियानमा गरेका केही प्रतिबद्धताहरु आज पूरा गरेको र अन्य गर्न बाकी रहेकाले ति पनि आफ्नो कार्यकालमा पुरा गर्ने बताएको थिए । सो कार्यक्रमा रोकायाले सर्केगाड गाउँपालिकाका हरेक वडामा सडक निर्माण कार्य भएको र आगामी आर्थिक वर्ष २०८३ भित्र लेख बराइ सम्म सडक निर्माण कार्य पुरा गर्नकोलागी ६ करोड बजेट समेत विनियोजन गरिएको अध्यक्ष रोकायाले स्थानियवासीलाई जानकारी समेत गराएका थिए ।