खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चु बजारमा दुई दिने निशुल्क स्वास्थ्य शिबिर

खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चु बजारमा निशुल्क स्वास्थ्य शिबिर सुरु भएको छ । स्वास्थ्य सेवा कार्यालयका प्रमुख चिकीत्सक उमाकान्त तिवारीको नेतृत्वमा उक्त शिबिर सुचारु भएको हो ।सदरमुकाम सिमकोटमा स्थापना भएको हेल्थ अस मेडिकल सेन्टरले दुई दिन सञ्चालन गर्न लागेको एकिकृत निशुल्क स्वास्थ्य शिबिर सुरु भएका सेन्टरका प्रमुख नारायण फडेराले बताए । शुक्रबार बिहान १० वजेबाट शिबिर सुरु भएको छ । शिबिरको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले सेवाग्राहीका लागि बिशेषज्ञ सेवा प्राप्त हुने भएको हुँदा सवैलाई यो शिबिरको सदुपयोग गर्न आग्रह गरे ।नीजि लगानीको मेडिकल सेन्टरले यसरी सेवा प्रदान गर्नु स्वागत योग्य कुरा भएको र शिबिरका लागि आवश्यक पर्ने सवै सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेर । त्यसैगरि शिबिरमा चेकजाँच गर्ने नेतृत्व गरि रहेका बिशेषज्ञ चिकीत्सक उमाकान्त तिवारीले शिबिर सफल पार्न सवैको सहयोग आवश्यक रहेको बताए ।चिकीत्सक पाउने खार्पुनाथ गाउँपालिका पनि रहेको र यसको फाईदाले कार्य गर्न उनले गाउँपालिकालाई सुझाव समेत दिए । खार्पुनाथ गाउँपालिका–५ का वडा अध्यक्ष भरतजंग शाहीले शिबिर फलदायी हुन बिस्वास ब्यक्त गरे । बिशेषज्ञ चिकीत्सक आएर शिबिरमा चेकजाँच गर्ने भएको हुँदा यसको फाईदा लिनु पर्ने बताए ।

सेन्टर सल्लाहकार समितिका अध्यष राजन रावतको अध्यक्षतामा सुरु भएको उद्घाटन सत्रमा सेन्टर हुम्लाका प्रमुख नारायण फडेराले शुभकामना मन्तव्य दिएका थिए भने सेन्टर लेखा प्रमुख काली बहादुर बोहराले कार्यक्रमा सञ्चालन गरेका थिए । सो कार्यक्रममा उपाध्यक्ष ज्ञानबहादुर सिंह, प्रशासकीय अधिकृत बिष्णुबहादुर शाही लगाएतको सहभागिता रहेको थियो ।

यसअघि सेन्टरको सञ्चालक समितिको बसेको बैठकले खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चु बजारमा निशुल्क स्वास्थ्य शिबिर सञ्चालन गर्ने निर्णय गरेको थियो । यसका लागि जिल्ला अस्पतालबाट चिकीत्सक तिवारीको नेतृत्वमा तीन जना चिकीत्कस र सेन्टरको टिम उपचारका गाउँपालिका केन्द्रमा पुगेको थियो ।

यो शिबिरमा स्त्री रोग, बाल रोग, भिडियो एक्स –रे लगाएतका रोगको उपचार हुनेछ । शिबिरमा आवश्यक औषधी निशुल्क बितरणा गरिने छ । शिबिर सञ्चालनपछि बचेको औषधी समेत गाउँपालिका स्वास्थ्य शाखालाई हस्तान्तरण गरिने छ ।

सेन्टरले यस वर्ष तेस्रो निशुल्क स्वास्थ्य शिबिर आयोजना गरेको हो । यसअघि सिमकोट गाउपालिका–१ र २ तथा खार्पुनाथ गाउँँपालिका ५ को ताक्लाबाम्टालाई लक्षित गरि दुई दिने शिबिर गत जेठमा सञ्चाल भएको थियो भने सिमकोट गाउँपालिका–७ र ८ का लागि गत भदौमा दुई दिने शिबिर सञ्चाल गरिएके थियो ।

यी शिबिरका लागि सेन्टरका फाउण्डर खार्पुनाथ गाउँपालिका–५ को ताक्ला गाउँँ निवासी ग्वामसिंह भण्डारीका छोरा चिकीत्सक हर्कसिंह भण्डारीले आर्थिक सहयोग गर्दै आाएका छन् ।