आगलागी पीडित परिवारलाई असल सन्देश नेपालका संस्थापक अध्यक्ष शाहीद्धारा खाद्यान्न,सहयोग

खार्पुनाथ गाउँपालिका-४, माजा गाउँमा घरमा भएको आगलागीबाट पीडित सोबन रावतका परिवारलाई असल सन्देश नेपालका संस्थापक अध्यक्ष प्रवजन शाहीले आवश्यक सहयोग सहयोग गरेका छन् । आगलागीबाट प्रभावित परिवारलाई खाद्यान्न, लगाउने कपडा लगायतका सामग्रीहरु उपलब्ध गराइएको छ भने नगद ५,००० रुपैयाँ समेत सहयोग गरिएको छ । यस्को लागि पहल भने मानसरोवर  रेडियोका संस्थापक बर्ख बहादुर बोहराले गरेका थिए  ।
यस महत्वपूर्ण कार्यमा सहयोग पुर्‍याउने दीपक सिंहलाई समेत संस्थापक अध्यक्ष शाहीले धन्यवाद बताएका छन् । समाजसेवा र मानवताको भावनाले प्रेरित भएर गरिएको यस सहयोगले प्रभावित परिवारलाई कठिन समयमा सहज महसुस गराएको छ ।
संस्थापक अध्यक्ष शाहीले आगलागी पीडित परिवारको पुनःस्थापनाको काममा सहित थप सहयोग जारी रहने बताउनु भएको छ।
यस प्रकारको सहयोगले स्थानीय स्तरमा समाज सेवा प्रवर्धन गर्ने प्रेरणा मिल्ने विश्वास व्यक्त गरिन्छ।