साँग्रिला डेभलपमेन्ट बैँकद्वारा अक्सिजन सहयोग

सिमकोट, हुम्ला – साँग्रिला डेभलपमेन्ट बैँकले आफ्नो सामाजिक जिम्मेवारी अन्तर्गत हुम्ला सिमकाेट गाँउपालिका ३ बरगाँउ स्वास्थ्य चौकीलाई अक्सिजन सहयोग गरेको छ।

बैँकले २०८२/०६/२४ गते यो सहयोग प्रदान गरेको हो, जसले त्येहाका स्थानीय बासिन्दालाई स्वास्थ्य सेवा प्राप्त गर्न सहयोग गर्ने छ। यस सहयोगमा एक थान अटो बायोमेट्रिक अक्सिजन यन्त्रको व्यवस्था गरिएको छ।

साँग्रिला डेभलपमेन्ट बैँकले यस सहयोग मार्फत स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न र विपत्तीका समयमा समुदायलाई सजग बनाउन प्रतिबद्धता व्यक्त गरेको छ। यस प्रकारका सामुदायिक सहयोगले स्वास्थ्य क्षेत्रमा एक सकारात्मक असर ल्याउने विश्वास गरिएको छ।

बरगाँउ स्वास्थ्य चौकीका प्रमुखले यस सहयोगको प्रशंसा गर्दै भने, “हाम्रो स्वास्थ्य दलका लागि यो उपकरण अत्यन्त महत्वपूर्ण हुनेछ। यसले अक्सिजनको आवश्यकतालाई तत्काल चिन्न र उपलब्ध गराउन मद्दत गर्नेछ।”

साँग्रिला डेभलपमेन्ट बैँकका लागि यो सहयोग स्थायी सामाजिक विकास लक्ष्यका लागि एक महत्वपूर्ण कदम हो।