हुम्लामा भदौ ३० गतेदेखि सहुलियत पसल सञ्चालन हुने

हुम्ला, भदौ २५– आसन्न चाडपर्वलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय हुम्लाले भदौ ३० गतेदेखि सहुलियत पसल सञ्चालन गर्ने भएको छ।
शाखा प्रमुख कृष्ण बहादुर थापा मगरका अनुसार, उपभोक्तालाई चाडपर्वमा राहत पुर्‍याउने उद्देश्यले सहुलियत दरमा खाद्य वस्तुहरू बिक्री गरिनेछ। पसलमार्फत उपलब्ध हुने वस्तुहरूमा विशेष छुट दिइने छ।
उनका अनुसार,
*खाद्यान्न र चिनीमा प्रति केजी ५ रुपैयाँ छुट दिइनेछ भने,
*खाने तेलमा प्रति लिटर ७ रुपैयाँ छुट रहनेछ।
सहुलियत पसल भने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कार्यालय हुम्लाको आफिसमानै रहने छ । यद्यपि, स्थानीय उपभोक्ताहरूले यसबाट चाडपर्वमा केही राहत पाउने अपेक्षा गरिएको छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले हरेक वर्ष चाडपर्वको अवसरमा सहुलियत पसल सञ्चालन गर्दै आएको छ। यसवर्ष पनि सरकारले तोकेको मूल्यअनुसार उपभोक्तालाई आवश्यक वस्तु सहज रूपमा उपलब्ध गराउने कम्पनीको योजना छ।