बाक्लि लामाको अध्यक्षतामा सिद्धार्थ आविमा विव्यस गठन

हुम्ला । सिमकोट गाउँपालिका–४ मा रहेको सिद्धार्थ आधारभूत विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ। शुक्रबार अभिभावकहरूको भेलाले सर्वसम्मत रूपमा बाक्लि लामाको अध्यक्षतामा समिति चयन गरेको हो।

समितिको सदस्यहरूमा छिरिङ याङ्जुम लामा, दासाङ लामा र छिरिङ हिसि लामा रहेका छन्।

यसका साथै, शिक्षक–अभिभावक संघको अध्यक्षमा धने लामा सर्वसम्मत रूपमा चयन भएका छन्। संघको आठ सदस्यीय समितिमा राप्दान लामा, उर्गेन लामा, छिरिङ दोर्जी लामा, पर्वते विक लगायतका सदस्य रहेका छन्।

यो समिति गाउँ शिक्षा ऐन, २०७८ को दफा १३ को उपदफा १ र ७ अनुसार गठन गरिएको हो। गाउँपालिकाले सबै विद्यालयलाई साउन ४ गतेभित्र समिति गठन गरी शिक्षा शाखामा पेस गर्न निर्देशन दिएको थियो।