प्रधानमन्त्री ओलीले उद्घाटन गरे सँगै हुम्ला जोडियो राष्ट्रिय सडक सञ्जालसँग

कर्णाली कोरिडाेर-चुवाखोला बेली ब्रिजको सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्युबाट उद्घाटन भएको छ। हुम्ला हाँसेको छ! सम्माननीय प्रधानमन्त्रीमन्त्री ज्यु र चुवाखोला बेलीब्रीजका जन्मदाता आदरणीय प्रदिप कुमार ज्ञवाली ज्युलाई हुम्ली जनताले आभार सहित विशेष धन्यवाद प्रकट गरेका छ्न! हुम्ला- राजधानी काठमाडौसँग जोडिएको छ। मित्रराष्ट्र उत्तरको चीन र दक्षिणको भारतसँङको पहुच बिस्तारपनि भएको छ। कर्णालीको आर्थिक मेरुदण्डको रूपमा रहेको कर्णाली करिडोरले आउँदा दिनहरुमा प्रदेश र देशको आर्थिक विकासमा पक्कै पनि महत्त्वपूर्ण योगदान गर्ने छ। सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्युबाट उद्घाटन मन्तव्य मार्फत हुम्लाका सम्पुर्ण राजनीति दलहरुबाट गरिएका निम्न मागहरु समेत सम्बोधन गर्ने प्रतिवद्वता व्यक्त गर्नुभएको छ।
१) चिनको सिमाक्षेत्र हिल्सामा “क्वारेन्टाइन” स्थापना गरि एल.सि खोल्ने अधिकार हुम्लामानै दिने ।
२) करिडोरसँग जोड्न बाँकी रहेका बस्तीहरुमा केही बेलिब्रीज निर्माण गरिदिने।
३) हिल्सा-कोहलपुर सडकलाई टु-लेनको डिडिकेटेट फास्टट्रयाकको रुपमा बिकास गर्ने ।