पुल उद्घाटन गर्न प्रधानमन्त्री ओली हुम्ला आउने, सुरक्षामा कडाइ

सिमकोट। प्रधानमन्त्री केपी शर्मा ओली पुल उद्घाटन गर्न हुम्ला आउने भएका छन् । कर्णाली करिडोरअन्तरगत पर्ने खार्पुनाथ गाउँपालिका-५ को च्वाखोला नदीमा निमार्णिधीन बेलिब्रिज उद्घाटन गर्न आईतबार प्रधानमन्त्री ओेली हुम्ला आउने भएका हुन् ।

गृह मन्त्रालयले शनिवार एक पत्र सार्वजनिक गर्दै १० बजे काठमाडौंबाट हवाई माध्यम हुदै हुम्ला आउने उल्लेख गरेको छ। साथै साडे १२ बजे उक्त पुलको उद्घाटन गर्ने र ३ बजे हुम्ला बाट काठमाडौं फर्कने कार्यतालिका रहेको छ।

उक्त भ्रमण कार्यक्रम अवधिभर सुरक्षामा कुनै पनि त्रुटी नआउने गरि लाग्न जिल्ला प्रशासन कार्यालय हुम्ला र सुरक्षा निकायहरुलाई निर्देशन समेत दिएको छ।

असार ११ गते उद्घाटन गर्ने भनिएको पुल विभिन्न कारण देखाउदै २२ गतेका लागि सारिएको थियो। बेलिब्रिज पुल उद्घाटन गरेपछि हुम्ला जिल्ला औपचारिक रूपमा राष्ट्रिय सडक सञ्जालसँग जोडिनेछ ।