हुम्लाका उत्कृष्ट ३ जना शिक्षक सम्मानित, कर्णालीभर कति ? (सूचि सहित)

सिमकोट । हुम्लाका ३ जना शिक्षकलाई सम्मान गरिएको छ। उत्कृष्ट शिक्षक प्रोत्साहन कार्यक्रम अन्तर्गत शिक्षा विकास निर्देशनालय द्वारा छनोट भएका शिक्षकहरुलाई सम्मान गरिएको छ।

शिक्षक छनोट मापदण्डका आधारहरुलाई पुुरा गर्दै हुम्लाबाट मानसरोवर मावि, सीता मावि र सल्लाघारी नमुना माविका शिक्षकहरु सम्मानित भएका छन् । जसमा , मानसरोवरबाट धन वहादुर ऐडि , सिताबाट गिता हमाल र सल्लाघारीबाट घनश्याम शर्मा सम्मानित भएका हुन्।

पुरस्कृत तथा सम्मानित हुने मध्ये ऐडि माध्यमिक तहको तृतीय श्रेणी , हमाल प्राथामिक तहको दृतिय श्रेणी र शर्मा निम्नमाध्यमिक तहको दृतिय श्रेणीमा अध्ययन अध्यापन गराईरहेका छन्। सामाजिक विकास मन्त्री घनश्याम भण्डारीद्वारा छनोट भएका शिक्षक हरुलाई सम्मान एबम् पुरस्कृत गरिएको हो।

उत्कृष्ट शिक्षक छनोट मापदण्डमा , प्रत्येक जिल्लाबाट माध्यमिक, निम्नमाध्यमिक र प्राथमिक तहका एक एक गरी ३ जना छनोट गर्नुपर्ने जसमा कम्तिमा १ जना महिला अनिवार्य समावेश हुने पर्ने, कक्षा ५, कक्षा ८ र SEE को परीक्षामा उत्कृष्ट सिकाई उपलब्धी भएका र विगत ३ वर्षको शैक्षिक सत्र (०७९, ८० र ८१) सिकाई उपलब्धि उच्च भएको हुनुपर्ने शिक्षा विकास निर्देशनालय सुर्खेतले बताएको छ।

यसैगरी, एउटा स्थानिय तहबाट १ मात्र पर्ने गरी सबन्धित विद्यालय, पालिका र शिक्षा विकास तथा समन्वय इकाई बाट प्रमाणित सिफारिस हुनुपर्ने, ५ वर्ष स्थाई सेवा अवधि भएको, राष्ट्रिय, प्रदेश र स्थानीय तहवाट शिक्षक प्रोत्साहन संग सम्बन्धित कुनै पनि पुरस्कार तथा प्रोत्साहन प्राप्त नगरेको शिक्षकले स्व घोषणा गरी विद्यालयको सिफारिस पत्रमा उल्लेख भएको हुनुपर्ने र शिक्षा ऐन २०२८ तथा शिक्षा नियमावली २०५९ (संशोधन सहित) अनुसार कुनै पनि विभागिय सजाय नपाएको शिक्षक हुनुपर्ने मापदण्डमा उल्लेख गरिए हो ।

यसरी छनोट हुनेमा कर्णाली प्रदेशका १० जिल्लाबाट ३ जनाका दरले ३० जना रहेका छन् ।