एसईई विशेष: चार एकान चार , तीन दुना छ

सिमकोट। हुम्ला जिल्लाका २७ वटा माध्यमिक विद्यालय मध्ये ४ वटा विद्यालयमा ४ जना परिक्षार्थी उत्तीर्ण भएका छन्। शुक्रबार सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा अर्का ३ विद्यालयमा २/२ जना मात्र उत्तीर्ण भएका हुन्।

१ जना मात्र उत्तीर्ण हुनेमा सिमकोट गाउँपालिकाको रामदेव, रलिङ्ग, र सैपाल माध्यामिक विद्यालय र खार्पुनाथको हुम्ला मावि राया रहेका छन् । जसमा, रामदेव मावि ठेहेबाट कुल २६ परीक्षार्थी सहभागिमा १ जना मात्र उत्तीर्ण भएका हुन् । रलिङ्ग मावि बरगाउँका १३ जना मध्ये १ जना उत्तीर्ण, सैपाल मावि स्याडाबाट १० जनामा १ उत्तीर्ण र हुम्ला मावि रायाबाट १० जनामा १ जना मात्र उत्तीर्ण भएका छन्।

यता खार्पुनाथ गाउँपालिकाका २ र सिमकोटको १ विद्यालयमा २/२ जना विद्यार्थी पास भएका हुन्। जसमध्ये २३ विद्यार्थी रहेको मालिका मावि लालिमा २ जना मात्र उत्तीर्ण भएका छन। त्यसैगरी ९ जना रहेको शङ्कर मावि थालिमा २ जना मात्र उत्तिर्ण भए। भने २५ परिक्षार्थी रहेको सिमकोटको कैलाश मावि डाडाफयामा पनि २ जना उत्तीर्ण भएका छन्।

जिल्लाको सदरमुकाम समेत रहेको सिमकोटका ७ मावि मध्ये ४ वटा विद्यालय शुन्यको अवस्थामा पुगेका हुन । तर, शिक्षा क्षेत्रमा ठूलो प्रगति गरेको भन्दै प्रिन्सिपल एसोसिएसन अफ नेपालबाट वैशाख ३० गते गाउँपालिका सम्मानित भएको थियो। कर्णाली प्रदेशको उत्कृष्ट पालिकामा पुरस्कृत भएको साडे एक महिना नपुग्दै एसईई नतिजा लज्जास्पद आएको छ।