एसईईको मौका परीक्षा साउन २९ गतेबाट

सिमकोट । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा नन ग्रेड विद्यार्थीहरूको लागि मौका परीक्षा मिति सार्वजनिक गरेको छ। उक्त परिक्षा साउनको २९ गतेदेखि दिन पाउने भएका हुन् ।

परीक्षा बोर्डले यस वर्ष एसईईको नतिजा सार्वजनिक गर्दै नन ग्रेड विद्यार्थीहरूले पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा दिन पाउने जनाएको छ। शुक्रबार साँझ बसेको बोर्डको बैठकले कक्षा १०  एसईईको नतिजा सार्वजनिक गरेको हो । सार्वजनिक नतिजाअनुसार ६१.८१ प्रतिशत ग्रेडेड भएका छन् । भने वाकी ननग्रेड हुदा १ सय २६ को परीक्षा रद्द गरिएको थियो।