एसईई २०८१: हुम्लामा करिब आधा विद्यार्थी अनुत्तीर्ण

सिमकोट। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक गरेको छ। बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजामा हुम्लाबाट करिब आधा विद्यार्थी अनुत्तीर्ण भएका छन्।

जिल्लाबाट यस वर्षको एसईईमा कुल ९ सय ३६ परिक्षार्थीले परीक्षा दिएका थिए। जसमा ४ सय ८३ जना परिक्षार्थी उत्तीर्ण भएका छन् । भने ४ सय ६७ परिक्षार्थी अनुत्तीर्ण भएको जिल्ला शिक्षा समन्वय ईकाइ निमित्त प्रमुख योगेश आले मगरले जानकारी दिए।

मगरका अनुसार साधारण धारतर्फ ४ सय ३३ विद्यार्थी उत्तीर्ण हुदा ४ सय २८ विद्यार्थी अनुत्तीर्ण भएका छन् । यता प्राविधिक धारतर्फ ५० जना उत्तीर्ण हुदा ३९ अनुत्तीर्ण भएका छन्।

एसईईमा कुल १ हजार १ सय ०४ विद्यार्थीले परिक्षा फाराम भरेका थिए। जसमा, नियमिततर्फ ९ सय ५० र ग्रेडबृद्धितर्फ १ सय ५४ जना विद्यार्थी हुन । जसको नियमितमा १४ जना अनुपस्थित भई ८ सय ४७ परिक्षार्थीले परीक्षा दिएका थिए।

२०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो ।